इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवाकै वडामा हार्‍यो कांग्रेस

डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए । प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको छ । वडाध्यक्षमा टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउँदै कांग्रेस बीपीले एमालेको सहयोगमा देउवाकै वडाबाट विजयी सुरूवात गरेको हो । कांग्रेस उम्मेदवार देउवा प्रधानमन्त्री देउवाकै बन्धु हुन् । अधिकांश समय काठमाडौंमा बस्ने उनलाई देउवाले वडाध्यक्षको उम्मेदवार बनाएका थिए । भण्डारी भने गाउँकै स्थानीय हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार कांग्रेसका इन्द्रबहादुर काकीृले १०३२ मत पाएका छन् भने कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले ४९९ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानुकुमारी सेटीले ९८९ मत पाएकी छिन् भने एमालेका इन्द्रबहादुर महराले ५०२ मत पाएका छन् । यहाँ १० हजार ४१४ मतदाता छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क