इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवाको गृहजिल्लामा मेडिकल कलेजदेखि विमानस्थलसम्मको बजेट

डडेल्धुरा : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका केही योजना पनि समेटिएका छन्। सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउने बताए। यसका साथै डडेल्धुराको अजयमेरूमा विमानस्थल पनि निर्माण हुने भएको छ तर बजेट भने खुलाइएको छैन। यसअघि नै अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनसँगै ५ करोड बजेट सुनिश्चित भइसकेको छ। सुदूरपश्चिमका ७ देवीमध्ये डडेल्धुरामा रहेको उग्रतारा भगवती मन्दिरलाई पर्यटकीय स्थलमा प्रवर्द्धन गरिने उल्लेख बजेटमा छ। झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रुपालसम्म भित्रीमधेस क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्न निर्माणाधीन मदन भण्डारी राजमार्गमा पनि बजेटले निरन्तरता पाएको छ। मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड विनियोजन भएको छ। डडेल्धुरा, डोटी र बैतडीलाई समेटेको ७५० मेगावाट पश्चिम सेती जलविद्युत् आयोजनाको प्राविधिक तयारी गरी निर्माण अगाडि बढाइने भएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क