इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवालाई अमेरिका भ्रमण अगावै सत्ताबाट हटाउने खेल

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्ने खुलिसकेको छ । भ्रमणको औपचारिक घोषणा हुनमात्र बाँकी छ । देउवाको भ्रमण प्रधानसेनापति प्रभुराम शर्माको भ्रमणलगत्तै हुने छ । शर्माको भ्रमणको मिति तय भइसकेको छ । देउवाले अमेरिका भ्रमण गर्ने मिति नजिकिदै गर्दा गठबन्धन सरकारमा कम्पन आइसकेको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड र माधवकुमार नेपाल आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताइरहेका छन् । तर, त्यस्तो प्रस्ताव कहाँबाट कस्ले गर्यो स्पष्ट छैन । देउवा प्रधानमन्त्री बन्दा माधवकुमार नेपाललाई चुनावी सरकारको ६ महिना प्रधानमन्त्री बनाउने भद्र सहमति भएको चर्चा पनि छ । त्यसो हो भने असारमा देउवाले माधव नेपाललाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने अवस्था आउन सक्छ । यसको पुष्टि हुन सकेको छैन । देउवाले भद्र सहमति बनेको हो भने पनि अमेरिका भ्रमण नगरी पछि हट्ने सम्भावना छैन । माधव नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्नु आफैमा गम्भीर विषय हो । अर्कोतर्फ, प्रचण्डले पनि यस्तै विषय उठाएका छन् । गठबन्धन तोडेर कम्युनिस्ट एकता गर्ने प्रयास पनि नभएको होइन । नेकपा एमाले, नेकपा एस र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु यसमा लागेका छन् । यो सजिलो भने छैन । पछिल्लो समय बाह्य शक्तिको नेपाल मामलामा भएको प्रतिष्पर्धाले परिस्थिति रोचक मोडमा पुर्याएको छ । अमेरिका नेपाल मामलामा आक्रमक रुपमा आएको छ । चीनले पनि अमेरिकाको बढ्दो प्रभावको सामना गर्न खोजेको छ । यी दुई देशको प्रतिष्पर्धाले आन्तरिक राजनीति सत्ता संघर्षका रुपमा प्रकट हुन थालेको छ । एकातर्फ, कम्युनिस्ट एकताको प्रयास चलिरहेको छ । यो प्रयास अन्तर्गत देउवालाई सत्ताबाट हटाएर कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री बनाउने रणनीति देखिन्छ । अर्को प्रयास भनेको सत्ता गठबन्धन कायमै राखेर देउवा प्रधानमन्त्री नै भएर चुनावमा जाने हो । गठबन्धनका प्रचण्ड र माधव नेपालको पछिल्लो भूमिका र बार्गेनिङ्गको शैलीले फरक परिस्थिति पनि बन्न सक्छ । गठबन्धन जोगाउनकै लागि देउवाले प्रधानमन्त्री छाडेर भएपनि सम्झौता गर्नुपर्ने हुनसक्छ । भित्र भित्र चलिरहेको संघर्षले देउवालाई प्रधानमन्त्रीबाट हट्न वाध्य हुने अवस्था बन्नसक्छ । रिपोर्टर्स नेपाल

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क