इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवालाई घाम तापेर बस्न सागर ढकालको सुझाव

काठमाडौं- मंसिर ४ गतेको निर्वाचनमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले अबको ५ बर्ष पछि युवा प्रधानमन्त्री आउने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत शुभकामना दिदै यस्तो बताएका हुन् । युवाहरुको योगदानले आज आफ्नै साथिहरु मन्त्री बनेर काम गरेको भन्दै अबको ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री बन्ने भन्दै त्यसका लागि तयार रहन सबै नेपालीलाई आग्रह समेत गरेका छन् । त्यतिमात्र हैन उनले शेरबहादुर देउवाको कार्यकाललाई राणा शासनको संज्ञा दिदै उनले राजनीतिबाटै सन्यास लिन सुझाएका छन् । उनले फेसबुकमा लेखेका छन् -शेरबहादुर राणाको शासनबाट उन्मुक्ति पाएका हामी तिन । शेरबहादुरले ज्योतिषलाइ विश्वास गरे , ज्योतिषले भगवानलाई। अत्याचार पाप गरेपछि भगवान पनि रिसाए । सागरले जिते सांसद मात्र हुने हो , मैले जिते प्रधानमन्त्री यो मिलेन । तपाईंले जीवन भर गरेका केही राम्रा कामका लागि धन्यबाद । हाम्रा धेरै साथिहरुको योगदानले आज मेरा साथिहरु मन्त्री बनेर काम गर्दैछन् , तपाइँ हार्नु भयो हजुरबुबा, सन्यास लिनुस । जाडो छ घाम ताप्नुस बस्नुस। आज मन्त्री , अब को ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री , सबै नेपाली तैयार बस्नुहोला । अब देश बनाएरै छाड्ने हो । बधाई तथा सुभकामना रास्वपालाई ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क