इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवा-ओलीको कहाँ मिल्यो कुरा ?

नेपाली काँग्रेस संविधान बमोजिम स्थानीय निर्वाचन पहिले गर्ने पक्षमा उभिएको छ । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव पहिले गर्नुपर्नेमा गठबन्धन बैठकमा जोड दिएका छन् । तर, गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पहिले प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएका छन् । यसले गठबन्धनभित्र मतभेद देखिएको छ । देउवासँग नजिक भएका काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान बमोजिम समयमै स्थानीय चुनाव हुनुपर्ने बताएका छन् । सिंहले आज यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण मानिएको छ ।चुनावको विषयमा गठबन्धनभित्र मतभेद बढ्दै जानुमा विभिन्न मुद्दाहरु रहेका छन् । देउवा एमसीसी अगाडि बढाउन चाहन्छन् । तर, प्रचण्ड र माधव नेपाल यसलाई अलमलाएर रोक्न खोजिरहेका छन् । प्रतिनिधि सभाको चुनावमा देश गएमा एमसीसीको विषय टर्न सक्छ । अर्कोतर्फ, गठबन्धनबीच चुनावी तालमेलको सम्भावना पनि रहन्छ । चुनाव कुन पहिले गर्ने र कहिले गर्ने विषयले मतभेद बढ्दा गठबन्धन नै धरापमा पर्ने सम्भावना पनि छ । मध्यमार्गी खोज्न स्थानीय चुनाव र प्रतिनिधि सभा चुनाव एकसाथ गर्ने पनि हुनसक्छ । जेठमा चुनाव गर्ने गरी मध्यमार्गी बाटो खोज्नेबारे पनि छलफल भएको छ ।नेकपा एमाले भने पहिले स्थानीय चुनाव गर्नुपर्ने पक्षमा छ । उसले संविधानको प्रावधानलाई उठाइरहेको छ । काँग्रेस पनि स्थानीय चुनाव पहिले गर्नुपर्ने पक्षमा उभिएकाले एमालेलाई सहज भएको छ । अहिले स्थानीय चुनाव पहिले गर्ने विषयमा काँग्रेस र एमालेबीच मत मिलेको छ । अर्कोतर्फ, एमसीसीको मुद्दामा पनि दुई दल सहमत हुनसक्ने सम्भावना छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । ओली पनि प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्ने पक्षमा थिए । उनले अहिले भने यसरलाई रणनीतिक कार्डका रुपमा हेरेका छन् । गठबन्धनका माओवादी र नेकपा एस एमसीसीको विपक्षमा उभिए एमाले पक्षमा उभिने सम्भावना छ । गठबन्धन तोड्ने शर्तमा एमसीसी पारित गर्न तयार देखिने सकेत गरेको एमालेका कारण सत्तामा हलचल आउने सम्भावना बढेको छ ।-File Photo

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क