इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवा-प्रचण्ड चर्काचर्की, गठबन्धन तोडिदै

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो । देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ । देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने जवाफ दिएका छन् । उनले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएकोमा देउवासँग असन्तुष्टि पोखेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले पत्र लिक गरेकोमा प्रश्न उठाएका थिए । यसले दुई नेताबीच चर्काचर्की भएको थियो । देउवासँगको टेलिफोन कुराकानी गर्दै प्रचण्डले बालुवाटारमा साँझ डाकेको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत सहभागी भए मात्र आफू आउने जवाफ दिएका थिए । तर, माधव नेपाल सहभागी भए ओली अनुपस्थित हुने भएबाट देउवा तयार भएनन् । प्रचण्डले देउवासँग एमसीसी संशोधनविना पारित गर्न तयार नहुने जवाफ दिएको बुझिएको छ । तर, देउवाले एमसीसी संशोधनका लागि अमेरिका नमानेको संकेत गरेपछि प्रचण्डले गठबन्धन तोडिने संकेत गरेका छन् । उनले एमसीसीको पक्षमा जान नसक्ने स्पष्ट जवाफ दिदै गठबन्धन छाड्न तयार भएको जवाफ दिएका थिए । एमसीसीलाई देउवा र प्रचण्डले लेखेको पत्र लिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ । यसले गठबन्धन नै धरापमा परेको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क