इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवा मन्त्रिमण्डल पुर्नगठन गर्दै, को को बन्लान् नयाँ मन्त्री

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन तथा हेरफेरको तयारी गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुमा हेरफेर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्री बनेकाहरुको पनि हेरफेर हुने बुझिएको छ । नेकपा एसबाट अहिले बनेका मन्त्रीहरु फिर्ता बोलाइएका छन् । अब जीवनराम श्रेष्ठ, भवानी खापुङ्ग, मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई मन्त्रीका रुपमा पठाइने बुझिएको छ । हिराचन्द्र केसीलाई राज्यमन्त्रीको रुपमा सिफारिश गरिएको बुझिएको छ । यसैगरी, जनता समाजवादी पार्टीबाट हाल मन्त्री बनेकाहरुको ठाउँमा नयाँलाई मन्त्री बनाउने तयारी भएको छ । देउवाले नाम पाएलगत्तै उनीहरुको हेरफेर गर्ने बुझिएको छ । जसपाबाट रेणु यादव, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ र रामसहाय यादव मन्त्री रहेकोमा परिर्वन गरी अमृता अग्रहरी, प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउने चर्चा छ । उपप्रधानमन्त्री पाएमा उपेन्द्र यादव आफै मन्त्री बन्ने तयार देखिएका छन् । नेकपा माओवादी केन्द्रबाट पनि केही मन्त्री फेरिने बुझिएको छ । मन्त्रीहरुको हेरफेरको तयारी पनि छ । माओवादीलाई अहिले दिएको मन्त्रालयमा केही परिवर्तन गर्ने देउवाको तयारी रहेको बुझिएको छ । हाल माओवादीबाट जर्नादन शर्मा, पम्फा भुषाल, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज मन्त्री र बोधमाया कुमारी यादव राज्यमन्त्री छन् । उनीहरुमध्ये केहीको ठाउँमा वर्षमान पुन, शक्तिबहादुर बस्नेतलाई ल्याउने चर्चा छ । यसैगरी, नेपाली काँग्रेसबाट पनि मन्त्री थप्ने तयारी भएको छ । केही मन्त्रालयमा जिम्मेवारी हेरफेर हुने भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंह पक्षधरलाई पनि समेटेर देउवाले हेरफेर गर्न लागेको बुझिएको छ ।-File Photo

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क