इन्फो नेपाल — सञ्चारको सञ्जाल

देउवा र पौडेललाई विश्राम लिन भन्छु, प्रधानमन्त्रीमा म दाबी गर्छु: गगन थापा

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता हुनका लागि चुनाव लड्ने तयारी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरसहित थापा सांसद चुनिएका थिए। थापाले चुनावी तयारी गर्दादेखि नै अब आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताइरहेका छन्। अन्तिम चुनावी परिणाम नआइसक्दै थापाले संसदीय दलको नेता हुन चुनाव लड्ने बताएका हुन्। प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेता चुनिनु आवश्यक हुन्छ। थापाले संसदीय दलको नेता बन्नका लागि आन्तरिक तयारी गरिरहेका छन्। सुरूमा आफूले पार्टीभित्रका केही नेता तथा निर्वाचित सांसदहरूसँग कुराकानी गर्ने र संसदीय दलको नेता चुनिन सहयोगका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासँग छलफल गर्ने उनको तयारी छ। आफू संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको कुरा आज थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग बताए। पूर्ण रूपमा मतपरिणाम आइसकेपछि सभापति देउवा, नेता पौडेल र कोइरालाका घरमा पुगेर संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गर्ने उनले बताए। उनले अब कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई बाध्यता नरहेको पनि थापाको दाबी छ। उनले पार्टीको आन्तरिक सन्तुलन मिलाउन नवनिर्वाचित सांसदहरू विभिन्न गुटमा लाग्न नहुने बताएका छन्। उनले आफूलाई संसदीय दलको नेता बनाउन र प्रधानमन्त्रीका लागि अग्रसर गराउन पार्टीका सांसदहरूबाट सहयोगको अपेक्षा राखेको बताए। उनले कांग्रेसको भविष्य र मतदाताले खोजेको परिवर्तनका लागि आफूले संसदीय दलको नेता चुनिँदै प्रधानमन्त्रीका लागि लडाइँ लड्ने बताए। सभापति देउवासहित नेताहरूलाई पछिल्लो सिटमा बसेर गाडी हाँक्ने सिटमा आफूहरूलाई पठाउन उनको आग्रह छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क