इन्फो नेपाल — सञ्चारको सञ्जाल

देवानगञ्जमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी \ देवानगञ्ज गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षीय रामचन्द्र दासको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल आफैँ अनियन्त्रित भएको थियो । उपचारको क्रममा उनको गोल्डेन हस्पिटल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार दास गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अनन्दी दास सामान्य घाइते भएका छन् । उनी प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क