इन्फो नेपाल — सञ्चारको सञ्जाल

देशबारे बोल्दा बोल्दै एक्कासी भावुक बने मेयर हर्क साम्पाङ

धरान: धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको देखिन्छ । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे होस् मलाई खुसी लाग्छ । आज देश विदेशबाट भेट्न आउनु भएको छ । (रुँदै...) म एउटा सानो मान्छे हुँ । देश सोच्नुहोस्, देशकै लागि कर्म गर्नुहोस् । एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने उत्प्रेरणा दिन चाहन्छु ।’ उनले आफ्नो सम्बोधनकै क्रममा प्रतियोगितालाई उत्प्रेरणा दिने ठाउँमा आफू भए पनि एक्कासि रुन आएको बताएका थिए । ‘म तपाईंहरूलाई प्रेरणा दिन आएको थिएँ तर आफैँ भावुक बने,’ उनले भने, ‘म मान्छे हुँ, मान्छेलाई कहिले हाँस उठ्छ, कहिले रिस, कहिले रुन आउँछ यस्तै भयो आज ।’ निशाने खोलामा उनले पानीमा भिज्दै विरुवा रोपेका थिए । त्यस क्रममा उनले जलाधार क्षेत्रमा वृक्षारोपण नगरिँदा र भएको पनि जग्गा किनबेचको नाममा मासिँदा खोलामा पानी सुकेको बताए । त्यस क्षेत्रमा अब १ करोडभन्दा बढी बिरुवा रोप्नुपर्ने बताउँदै उनले त्यसपछि खोलामा चैत महिनामा पनि पानी बग्न थाल्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क