इन्फो नेपाल — सञ्चारको सञ्जाल

देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द

काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९ गते) देखि देशभर अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने निर्णय गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को अगुवाइमा देशभरका सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रिने घोषणा गरिएको हो।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीसँग कुरा गर्दै गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीप्रति आपत्ति जनाउँदै सो नियम खारेजीको माग गर्दै आन्दोलन थालेको बताए। उनका अनुसार निजी प्रयोजनका लागि किनेका सवारी साधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने सरकारी निर्णय गैरकानुनी र अन्यायपूर्ण रहेको भन्दै आफूहरू पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सवारी ग्यारेजमै राख्ने निर्णय गरिएको हो।

यसैबीच संघर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "राइड सेयरिङसम्बन्धी नियमावली खारेज नभएसम्मको लागि सुरु गरिएको यो आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुनेछ। आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारीहरूलाई पनि सार्वजनिक यातायात जोगाउन आ–आफ्नो स्थानबाट सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं।"

सरकारले निजी सवारीहरूलाई व्यवसायिक रूपमा प्रयोग गर्न दिने निर्णयबाट सार्वजनिक यातायात व्यवसायमा व्यापक प्रभाव पर्ने भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई संरक्षण गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क