इन्फो नेपाल — सञ्चारको सञ्जाल

दोस्रो वडा कप फुटबलको उपाधी इटहरी वडा नम्बर १ लाई

इटहरी - इटहरीमा भएको दोस्रो वडा कप फुटबलको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ । “खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरू भएको वडा कप फुटबल प्रतियोगिताको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको हो । इटहरी वडा नम्बर ५ र वडा नम्बर १ बिच प्रतिस्पर्धा भएको थियो । १ नम्बर वडा दोस्रो वडा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो । विजेता टिम इटहरी वडा नम्बर १ ले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र मेडल पाएको छ भने उपविजेता टिम इटहरी वडा नम्बर ५ ले ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको हो । पेनाल्टी सुट आउटमा वडा नंम्बर १ ले ६ गोल र वडा नम्बर ५ ले ५ गोल गरेकोे थियोे । बिधागत तर्फका उतकृष्ट खेलाडीमा म्यान अफ द म्याच १ नंम्बर वडाका मनिष माझीलाई नगद १ हजार सहित ट्रफि दिएको कार्यक्रम संयोजक कोबिद जंग कार्कीले बताए । बेष्ट गोल किपरमा १ नंम्बर वडाका मनिष माझीलाई नगद दुई हजार सहित प्रमाण पत्र र बेष्ट डिफेन्समा ५ नंम्बर वडाका मनिष भण्डारीलाई दुई हजार नगद सहित प्रमाण पत्र दिएको हो । खेलको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभए्रको थियो भने इटहरी सरकारले खेल क्षेत्रमा सहयोग गर्ने उहाँले बताए । वडामै वडा फुटबल कप आयोजना हुदा स्थानीय खेलाडीहरूलाई खेल क्षेत्रमा सहयोग पुग्ने इटहरी वडा नम्बर १ का वडाध्यक्ष रतन कार्की (कैलाश)ले बताए । युवाहरूलाई एकत्रित गर्ने र खेलप्रति आकर्षित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष यामकुमार राईले बताए । इटहरीमा वडा कप प्रतियोगिता हुदा खेल क्षेत्रमा सहयोग पुग्ने इटहरी वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क