इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको उत्तरपानि बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै

धनकुटा | धनकुटा नगरपालिका-१०, उत्तरपानीमा रहेको कृषि प्रविधि पढाइ हुने उत्तरपानी बहुप्राविधिक शिक्षालयका भवनलगायत संरचना जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायबाट मर्मत सम्भारका लागि बजेट विनियोजन नहुँदा शिक्षालय जीर्ण बन्दै गएको हो ।

उत्तरपानी बहुप्राविधिक शिक्षालय जिल्लाको एकमात्र कृषि प्रविधि पढाइ हुने संस्था हो । २०४० सालमा स्थापना भएको शिक्षालयको करिब ८६५ रोपनी क्षेत्रफल जग्गा छ । त्यहाँ ४७ वटा भवन छन् ।

शिक्षालयका पुराना संरचना जीर्ण अवस्थामा पुगेका छन् । बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको छ । सानोतिनो रकमले मर्मत सम्भार गर्न नसकिने भएकाले शिक्षालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्राचार्य शंकर कोइरालाले बताए ।

शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ ३ वर्षे डिप्लोमा र १८ महिने प्रि-डिप्लोमाको अध्यापन हुँदै आएको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमध्ये कोशी प्रदेशमा सातवटा शिक्षलय छन् ।

शिक्षालयमा मर्मत सम्भारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या आएको जनाइएको छ । लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने अवस्थामा पुगेको शिक्षकहरुले बताएका छन् ।

शिक्षालयले वार्षिक रुपमा १६० जना विद्यार्थी भर्ना लिई पढाई सञ्चालन गरिरहेको छ । हाल ३२० विद्यार्थी अध्ययनरत छन् ।

पछिल्लो समयमा स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको कमी आएकाले यसलाई बचाउन समेत चुनौती थपिएको थियो । यतिबेला भने विद्यार्थीको चाप बढेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क