इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको तमोरमा स्थानीय उखु बेच्दै

सुनसरी : धनकुटाको तमोर नदीस्थित मूलघाटमा स्थानीय बासिन्दाहरूले उखु ल्याएर व्यापार गर्दै आएका छन् । यहाँ उखुको उत्पादन क्षेत्र पनि रहेका यहाँ १२ महिना उखु पाइन्छ । धनकुटाको तमोर करिडोर र धनकुटाका विभिन्न क्षेत्रमा उत्पादन हुने उखु यहीँ तमोर पुलमा व्यापार हुने गरेको छ । सशस्त्र प्रहरीको ‘चेकपोष्ट’ कुनै पनि सवारीसाधन रोकिनेबित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् । सवारीसाधनमा यात्रीहरूले उखु प्रतिमुठी रु ५० देखि एक सयसम्म बेच्ने गरेका छन् यहाँ सडकमा उखु बेच्नको जति भीड लाग्छ त्यति नै धेरै यहीँ साँगुरी गाउँपालिकाको वडा नं १ र ७ धनकुटा नगरपालिका वडा नं ९ मा रहेको मूलघाटमा महाभारत गाविसको लेउतीटार गाउँभरि उखुखेती पनि हुने गर्दछ । यहाँ उत्पादित उखु यात्रुलाई बेचेर यहाँका ६० भन्दाबढी घरपरिवार स्वरोजगार बनेका छन् । घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा उखु बेच्नेको भागदौड र भीड हेर्न जति रमाइलो लाग्छ सायद यात्रुलाई पनि त्यति नै उखु खाउँखाउँ लाग्ने गर्दछ । तमोर पुलमा तस्बिर खिच्नेहरू पनि यहा झरेन उखुको जोल वा उखुको मुठी लिएर जाने गर्दछन् । यहीँ उखुलाई मेसिनमा पिधेर जोल समेत खान सकिन्छ । धनकुटालाई एभोकाडोको राजधानी भनेर पनि भनिन्छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क