इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको बेलहरा स्थित बाघखोरमा हेलिप्याड निर्माण

धनकुटा: भौगोलिक अवस्थाका कारण हेलिप्याड आवश्यक रहेको धनकुटा नगरपालिका वडा नम्वर ९ मा नेपाली सेनाको भीमदल गणले हेलिप्याड निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । स्थानीयका सहयोग समेतमा नेपाली सेनाको भीमदल गणले निर्माण सम्पन्न गरेको पक्की हेलीप्याड बाघखोर हेलिप्याडको समुद्धघाटन गरी निर्माण समितिलाई हस्तान्तरण गरिएको हो । भीमदल गणका तर्फबाट श्रम तथा प्राविधिक सहयोग, बाघखोर हेलिप्याड निर्माण समितिको सक्रियता, धनकुटा नगरपालिका वडा नम्वर ९ कार्यालय,स्थानीयको सहयोगमा निर्माण सम्पन्न बाघखोर हेलिप्याड नम्वर नेपाली सेनाको २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रामकाजी थापाले उदघाटन गरी समितिलाई हस्तान्तरण गरिएको हो । विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको सहायक रथी थापाले बताए । निर्माण गरीएको उक्त हेलिप्याडले जुसुकै अवस्थामा आवश्यक अवतरणका लागी सहयोग पुग्ने श्री नं. २ वाहिनी आड्डाका वाहिनीपति सहायक रथी श्री राजकाजी थापाले बताए । निर्माण यस्ता प्रकृतिका जनहित कार्यले नेपाली सेना र जनता बीच सुमधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनायन टेवा पुग्ने साथै हेलिप्याड निर्माणबाट स्थानिय बासिहरुलाई प्रत्यक्ष फाईदा हुने श्री भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताए । कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, कोशी प्रदेश सभाकी पुर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान धनकुटाकी प्रमुख अनुसन्धान अधिकृत सविना राई, वडा नम्वर ९ का वडा अध्यक्ष टंक रोईला, पुर्व अध्यक्ष मनोज रायमाझी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क