इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा पहिलोपटक माटो परीक्षण सुरु

धनकुटा / कृषि सुधारका लागि धनकुटा जिल्लामै पहिलो पटक माटो परीक्षण सुरु गरिएको छ । धनकुटाको भेडेटारस्थित साँगुरीगढी गाउँपालिकाले कृषकको आयआर्जनमा सहयोग पुर्‍याउनका लागि पहिलो पटक माटो परीक्षण कार्य सुरु गरेको हो। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिका क्षेत्रको माटोमा कुन बाली लगाउन उपयुक्त हुन्छ, कृषकलाई सोही बाली लगाउन प्रेरित गराउनका लागि परीक्षण अघि बढाएको जानकारी दिए । अध्यक्ष रुम्दालीले माटो परीक्षणका लागि प्रयोशाला स्थापना गरी कृषकलाई निःशुल्क सेवा दिइएको बताए। प्रयोगशालाबाट देखिएको नतिजाअनुसार कृषकले आफ्नो बारीमा व्यावसायिक खेती लगाउन सक्ने र अपेक्षाकृत उत्पादन गर्न सक्ने उनको भनाइ छ । माटो परीक्षणका क्रममा माटोमा देखिने अम्लियपन, प्राङ्गारिक अवस्था, नाइट्रोजन, पोटास, फोस्फोरस र छारेपनलगायतको अवस्था जाँच्ने र सोहीअनुसार सुधार गर्न सिफारिस गरिने गाँउपालिकाको कृषि शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क