इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा पाँचौं प्रादेशिक औद्योगिक व्यापार मेला महोत्सव शुरु

सुनसरी / धनकुटामा पाँचौं प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो धनकुटा महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा हिजो शुक्रबारदेखि यहीँ माघ १६ गते सम्म धनकुटा ५ को तल्लो टुँडिखेलमा महोत्सव सञ्चालन हुने भएको छ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत १ नम्बरको आर्थिक विकासको आधार भन्ने मुल नाराका साथ यस पटक पाँचौँ पटक महोत्सव आयोजना भएको हो । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका थिए । गत वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन पहल गरेको जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता समेत बताए । उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवमा हरेक दिन कलाकार तथा गायकहरूको उपस्थितिमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने भएको छ । त्यसैगरी उक्त महोत्सवको सुरुवातमा विभिन्न जातिय झाकीहरु समेत बजार परिक्रमा, एसियाकै रसिलो तथा स्वादिलो एभोकोडाको प्रर्दशनी तथा बिक्रि बितरण,हस्तकला तथा घरेलु,उद्योगबाट उत्पादित सामग्रीहरुको प्रर्दशन, नेपाल पत्रकार महासंघको समन्वयमा प्रदेश १ का पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी,रमाईलो बाल उद्यान,उत्कृष्ट कृषि तथा पशुजन्य बस्तु तथा सामग्रीको प्रर्दशन,घोडचढी र विभिन्न जातिय तथा नेपाली खानाहरुको परिकारहरुको प्रर्दश्नीका साथै बिक्रि वितरण भईरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क