इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा ८ जना विद्यार्थीलाई यौ'न दुर्व्य'वहार आरोपमा एक शिक्षक पक्राउ

सुनसरी / धनकुटाको देउरालीमा विद्यार्थीलाई यौ'न दुर्व्य'वहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । धनकुटा नगरपालिका- ८ सान्ताङस्थित देउराली मा:विका ४० वर्षीय शिक्षक धनकुटाको सहिदभूमी गाउँपालिका- ३ कुङलाङ घर भएका चन्द्रकुमार राईलाई उजुरी दर्ता भएपछि पक्राउ गरेको हो । राईले आफ्नै विद्यालयका ६ देखि १० कक्षामा अध्ययनरत ८ जना बालिकामाथि यौ'न दुर्व्य'वहार गरेको प्रहरीमा उजुरी परेको हो । हिजो आइतबार अपराह्न उजुरी दर्ता भएसँगै प्रहरीले राति साढे ८ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरेको थियो । राई २०६४ सालदेखि विद्यालयमा राहत दरबन्दीमा पढाउँदै आएका थिए । विगत केही वर्षदेखि शिक्षक राईले दुर्व्य'वहार गर्दै आएको बालिकाहरुले बताए । धनकुटा जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीका अनुसार राईले उक्त विद्यालयका १३ देखि १६ वर्ष उमेर समूहका बालिकाको संवेदनशील अं'गमा छुने, लुगा फुकालिदिने, अश्'लील शब्द प्रयोग गर्नेलगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ । पछिल्लो समय बालिकाहरु विद्यालय नजाने भन्दै रुवाबासी गर्न थालेपछि सोधखोज गर्दा घटना बाहिरिएको एक अभिभावकले बताए । आइतबार जिल्ला प्रहरी कार्यालयमा अभिभावकसहित उजुरी लिएर पुगेका बालिकाहरुले तत्काल पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका थिए । दिनभर प्रहरीले पक्राउ नगरेपछि आफूहरुले नै संलग्न शिक्षकलाई खोजी विद्यालयमा ल्याएर घेराउ गरेको बालिका तथा उनीहरुका अभिभावकले बताए । पीडित बालिकाहरुको आइतबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क