इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटा प्रशासनले जारी गर्यो यस्तो आदेश

सुनसरी : जिल्ला प्रशासन कार्यलय धनकुटाले बुधबार देखि लागू हुनेगरि आदेशपत्र जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थको अध्यक्षतामा बसेको ओमिक्रोन भेरियन्ट भारतमा पनि भयावह रूपमा फैलिएको हुँदा नेपालमा पनि देखा परेकाले विभिन्न नियम लागू हुने गरि जिल्ला प्रशासन कार्यलय धनकुटाले आदेशपत्र जारी गरेको छ । कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि रहेको छ । २५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश , सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हक नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयनुसार विद्यालय बन्द गर्न आदेश दिएको छ । कोभिड-१९ विरूद्वको खोप लषाउन छुट भएका १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन र यसको लागि स्वास्थ्य कार्यलय , धनकुटाले आवश्यक व्यवस्था र सहजीकरण गर्ने जस्ता आदेश दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क