इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनु राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

धनु राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) २०८० सालमा धनु राशि हुनेहरूका लागि शुभ र सुखदायी रहनेछ । अधुरो कार्यले पूर्णता पाउनेछ । आँटेको र ताकेको काम पूरा हुनसक्नेछ । शनि र बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । कसै कसैका लागि सन्तान सुख मिल्नेछ । घरमा शुभकार्यको र धार्मिक यात्राको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । वैदेशिक यात्रा तय हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ । यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु फलदायी नै रहने छ । घरजग्गा, प्रविधि, शैक्षिक क्षेत्र र शेयर कारोबार राम्रो रहनेछ । खाद्यान्नमा गरेको लगानीले भने त्यति राम्रो नरहन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज र कात्तिक महिना बलियो रहनेछ भने असार र माघ महिना कमजोर रहनेछ । यो वर्ष धनु राशिका जातकहरू यदि प्रेममा परेका छन् भने आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि पाउन सक्छन् । साउन र माघ महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । घरपरिवारसँग सम्बन्ध भने त्यति राम्रो नहोला । यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहेको छ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । व्यवस्थापन, कलाकारिता र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने । शिक्षाको लागि देश विदेशको यात्रा पनि तय हुनेछन् । प्राविधिक, घरजग्गा, स्वास्थ्य, र निर्माणका विषयमा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । वैदेशिक जागिर, सञ्चार, शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । पुँजी बजार, खाद्यान्न र दलाली भने कमजोर हुनसक्छ । स्वास्थ्य सामान्य नै रहनेछ । आफ्नो तथा घरपरिवारको औषध उपचारमा खर्च बढ्नसक्छ । शीर्षपीडा तथा हड्डीको समस्या पनि बढ्ला, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित हुनेछ । शुभ रङ्ग आकाशे, गुलाबी, पहेँलो र निलो शुभ रङ्ग हो । शुभ अङ्क २, ४, ७, र ९ शुभ अङ्क हो । सोमबार शिवजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी