इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानका मेयर हर्क साम्पाङको एक सय दिनको काम सार्वजनिक

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो एक सय दिनको काम सार्वजनिक गरेका छन् । उनले बिहीबार बिहान आफ्नो सामाजिक सञ्चाल फेसबुक मार्फत १३ बुँदे काम सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको एक सय दिनमा मेयर साम्पाङले आफूले गरेको कामको विवरण यस्तो छ:- -नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें -४ ठाउँबाट खानेपानीको मूहान थपें । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ -६ लाख विरुवा रोपें -सरसफाइमा देखिने सुधार ल्याएँ -शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ – प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ -जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें -बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन – लागु औषध विरुद्धको अभियान शुरु गरें – योजनाहरुका लागि बजेटको जोहो गराएँ -पारदर्शी हिसाब किताब सार्बजनिक गरें -पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँको मेयर हर्क साम्पाङले सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क