इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानको विश्वकर्मा मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

सुनसरी : धरान -८ मा रहेको विश्वकर्मा बाबाको मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड भएको छ । हरेक वर्ष कन्या सङ्क्रान्तिको दिनमा अर्थात् असोज १ गते विश्वकर्मा पूजा मनाउने प्रचलन रहेको छ । यो दिन भगवान् विश्वकर्माको जन्म भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । धरानमा समेत यस वर्ष विश्वकर्मा पूजा धूमधामका साथ मनाइयो । दुई वर्ष कोरोनाका कारण नेपालीहरूको मौलिक पर्व प्रभावित बननेको थियोे । मन्दिरमा गएर पूजा गर्न नसकेपछि सर्वसाधारणले मेसिन, औजार, हातहतियारको पूजा गरेर मनाए । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरूले पनि गर्ने गर्छन् । फलाम तथा पार्टपुर्जाको यस दिन पूजाआजा गर्दा फलाम फाप्ने जनविश्वास पनि रहेको हुँदा विश्वकर्मा पूजाको दिन धरानको विश्वकर्मा मन्दिरमा नेपाल मात्र नभएर भारतबाट पूजाआजाका लागि आउने गरेको समितिले जनाएको छ । अन्य बेला सवारी धनीले नयाँ सवारी साधन किन्दा, नयाँ उद्योग सञ्चालन गर्दा फाट्टफुट्ट चहलपहल हुने यो मन्दिरमा असोज १ गते भने अत्यधिक भीड हुने गरेको छ । यस चालकले समेत दैनिक कामलाई थाँती राखेर पूजाका लागि लाइनमा बस्नुपर्ने अवस्था आउने गरेको चालकहरू बताउँछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क