इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्ड धरानमा आएर वृक्षारोपण गर्दै मेयर हर्क साम्पाङको प्रशंसा गरे

सुनसरी / नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सुनसरीको धरानस्थित सर्दु खोलाको ओसो पार्क जाने बाटोमा वृक्षारोपण गरेका छन् । काठमाडौँ पुगेका बेला धरानका मेयर हर्क साम्पाङले श्रमदान गर्न आउन भन्दै दिएको निमन्त्रणा स्वीकार गरी आएका प्रचण्डले मेयर साम्पाङसँगै श्रमदान गरेका हुन् ।श्रमदानकै सिलसिलामा दाहालले मेयर साम्पाङको प्रशंसासमेत गर्न भ्याएका छन् । आफूहरूले गर्नुपर्ने काम मेयर हर्कराज साम्पाङले गरिरहेको भन्दै दाहालले प्रशंसा गरेका हुन् । वृक्षरोपण गर्दै प्रचण्डले कम्युनिस्टहरू र खासगरी माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेको बताए । उहाँले आफूले रोपेको बिरुवा प्रगतिशील गीतकार जेबी टुहुरेप्रति समर्पण गर्ने बताए ।अध्यक्ष प्रचण्डले साम्पाङ मेयर रहेको धरानमा आफ्नै पार्टीका अइन्द्रविक्रम बेघा उपमेयर भएको बताउँदै उनीहरु दुवै जनाको जोडी मिलेको जिकिरसमेत गरेका छन् । जनगायक जेबी टुहुरेको स्मृतिमा उनले वृक्षारोपण गरेका हुन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क