इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा आफ्नै साथिको खुकुरी प्रहारबाट ह'त्या, एक महिला घाइते

सुनसरी / धरानमा खुकुरी प्रहारबाट एकजना पुरूषको ह'त्या भएको छ भने एक महिला घाइते समेत भएकी छन् । धरान- ५ आँपटारका ४९ वर्षीय कुमार बुढाथोकीलाई सोही ठाउँका ३५ वर्षीय हर्कबहादुर राईले खुकुरी (कर्द) प्रहार गरी ह'या गरेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु दुवैजना मिलनसार साथी हुन् । ३५ वर्षीया गोमा खड्का राईको पनि टाउकोमा खुकुरी प्रहार घाइते भएकिको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले खुकुरी प्रहारमा संलग्न हर्कबहादुरलाई पक्राउ गरिसकेको छ । आफ्नै घरको किचनमा आएका मृतक बुढाथोकीको ढाड र कोखामा खुकुरी प्रहार भएको पाइएको थियोे । साथीको ह'त्या गरेपछि मञ्जुको घरमा पुगी खुकुरी निकाले अन्धाधुन्ध प्रहार गरेका थिए । स्थानीयले थाहा पाएपछि उनीहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । विकास यसअघि लागूऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क