इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने हर्क साम्पाङको घोषणा पछी महाबिर पुनको यस्तो प्रतिक्रिया

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जानकारी दिएका हुन् । "राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ । हामी गृहकार्यमा जुट्दैछौँ," उनले भनेका छन् । राष्ट्रिय आविष्कार केन्द्र सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनको नेतृत्वमा २०७६ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालनमा आएको हो । जसले वैज्ञानिक, स्टार्टअपसहित उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्दै आएको छ । तर, आविष्कार केन्द्रका संस्थापक पुन अहिले आफूलाई यसबारे कुनै जानकारी नभएको बताउँछन् । यद्यपि मेयर साम्पाङको पहल सकारात्मक रहेको उनको भनाइ छ । साथै उनले आविष्कार केन्द्रको शाखा खोल्नलाई आफ्नो सर्त रहेको पनि बताए । "कुरा सकारात्मक हो । उहाँहरूले त्यसै खोल्छु भनेर हुँदैन, मेरो सर्त छ, मेरो सर्त मान्नुपर्छ अनि मात्र खोलिन्छ । आफैँ आफ्नो हिसाबले खोल्नुहुन्छ भने बेग्लै कुरा हो," उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा भने । पुनले आफ्नो उद्देश्य धेरै शाखा खोलेर व्यापार गर्ने नभएको पनि स्पष्ट पारे । उनकाअनुसार अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रको कुनै शाखा छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क