इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा कुटपिटबाट महिलाको मृत्यु प्रकरणमा मुख्य आरोपित पक्राउ

सुनसरी / धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि मुख्य आरोपितलाई पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएकी धरान १३ कि ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । अमरघाटमा सिलाई–बुनाईको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो । मृतकका आफन्त र प्रत्यक्षदर्शीले कुटपिटकै कारण उषाको मृत्यु भएको आरोप लगाएका छन् । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोष्टमार्टम गर्ने भनिएको छ । यता, आज मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकि मूख्य आरोपित उर्मिलाको घर घेराउ गर्दै महिलाहरुले नाराबाजी लगाएर घेराउ गरेका छन्। मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरुले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् । ३८ दिनअघिको कुटपिटका कारण मृत्यु भएको हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनको श्रीमानको करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकि एकल महिला हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क