इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा खानेपानी महसुल वृद्धिको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

इटहरी | धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ। अदालतले यस आदेशमार्फत धरानमा बढाइएको खानेपानीको महसुल तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

धरान १७ निवासी भीमबहादुर खड्काले गत साउन २४ गते धरान खानेपानी व्यवस्थापन बोर्डले गरेको महसुल वृद्धिको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए। आइतबार उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय विमल सुवेदी र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले यो अन्तरिम आदेश जारी गरेको हो।

यसअघि, अदालतले विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै भदौ २ गतेको लागि पेशी तोकेको थियो। अदालतले उक्त मितिमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो, जसपश्चात् दुवै पक्षको बहस सुनेर आइतबार निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गरिएको हो।

यस आदेशसँगै धरानमा खानेपानीको महसुल वृद्धिको निर्णय तत्कालका लागि रोकिएको छ। यसले खानेपानी बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर हर्क साम्पाङलाई थप दबाब परेको छ। मेयर साम्पाङले महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरूसँग गरेको तीन बुँदे सहमति लागू गर्न दबाब बढेको छ।

धरानमा साउन १ गतेदेखि खानेपानीको महसुल वृद्धि गर्ने निर्णय गरिएको थियो, जसले नगरमा असन्तुष्टि र अशान्ति निम्त्याएको थियो। अदालतको यो आदेशले खानेपानी महसुल वृद्धिविरुद्ध उठेको विवादलाई कानुनीरूपमा समाधान गर्ने प्रयास गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क