इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा खानेपानी ल्याउन जतनाको ठुलो श्रमदान

सुनसरी | धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ , धरानका जनता र प्रदेश १ का विभिन्न जिल्ला जनता सहित धरानमा पानी ल्याउनका लागि श्रमदान गर्न पुगेका छन् । चुनाव जितेपछि उनी खानेपानीको सेवा सुधारमा तल्लिन छन् । पकुवा खोलाबाट वर्षायामका लागि भन्दै पानी ल्याइसकेका छन् । अहिले पनि उनी निशानेलगायत अन्य खोला चहार्दै जनतालाई जनश्रमदानमा अघि सार्दै आएका छन् । हिजो शनिबार मेयर राईले सर्दु, खर्दु र निशानेको पानी जम्मा गर्न ट्याङ्की निर्माणका लागि धेरै जनता आएर जनश्रमदान गरेका थिए । उनले अहिले निशानेमा इन्टेक निर्माण भइसकेको समेत बताए । उनले जसरी भएपनि धराने जनतालाई पानी खुवाएर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । सयौं धरानबासीको उपस्थिति देखेपछि मेयर साम्पाङले भने ‘अहिले ढुङ्गाभन्दा धेरै मानिसहरु आएको पाएँ’, उनले भने, ‘धराने जनताले स्वतस्फुर्त आएर देखाएको सहानुभूतिप्रति विशेष धन्यवाद छ ।’ मेयर साम्पाङले त्यहाँ नमूनाका लागि सर्दु खोलाबाट बिजुली निकाल्ने आफ्नो योजना रहेको समेत सुनाए । शनिबार नै त्यहाँ बिजुली निकाल्ने प्रोजेक्टको उद्घाटन समेत भएको छ । कार्यक्रममा उपस्थित उपमेयर अइन्द्रविक्रम बेघाले धराने जनता श्रमदानजस्तो महादानमा भित्री मनदेखि लागेको अनभूति गरेको बताए । धरानका मेयर साम्पाङले आह्वान गरेको जनश्रमदानमा सयौं जनता आएको पाइएको छ, खोलाको बगरभरी, पाखैभरी जनता देखियो, खोला र बगर श्रमदान गर्नेले नै ढाकेका छन् । यसले धरानको मुहार चाँडै फेरिन्छ जस्तो अनुभूति भएको छ । उनले आफूले भूपु सैनिकलाई पनि धरानको विकासँग जोड्नका लागि डाकेको बताए । ‘विशेषत भूपु सैनिककै कारण धरान बनेको हो’, उनले भने, ‘त्यही भएर धरानको विकास सँग भूपु लाहुरेहरुलाई पनि स्वतस्फुर्त जोडिनुहोस् भन्ने आह्वानका लागि यहाँ बोलाइएका थिए । धरान - १३ मा अघि बढिरहेको निशाने प्रोजेक्ट, सर्दु, खर्दु र निशानेको पानी ल्याएर जम्मा गर्ने स्थल (करिब २ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निर्माणस्थल) मा मेयर, उपमेयर अइन्द्रविक्रम बेघादेखि सयौं धराने, भूपु लाहुरेलगायत धरानबासीको उत्साहपूर्ण सहभागिता रहेको थियोे ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क