इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा तत्काल हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती

सुनसरी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा हवाईमैदान निर्माणको लागि मिहिनौ ध्ययन गर्नुपर्ने बताएका छन्। शुक्रबार धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री किरातीले मिहिन अध्ययन नगरी तत्कला धरानमा हवाईमैदान बनाउन नसकिने बताए। उनले भने, "देशभर २२ वटा हवाईमैदान अलपत्र अवस्थामा छन् किनभने राम्रोसँग अध्ययन नगरी निर्माण गरिएका हुन्। धरानमा पनि हवाईमैदान निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। प्राविधिकले यहाँ एकतर्फी मात्र उडान अवतरण गर्न सकिने बताएका छन्।" उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएको बताउँदै सबैलाई सहभागी हुन आग्रह गरे। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेको बताउँदै राज्यले निजी क्षेत्रलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क