इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा प्रेस सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

सुनसरी / प्रेस सेन्टर नेपाल धरान उपमहानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले विनोद विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति चयन भएको छ । धरान-१२ चतरा लाइनस्थित होटल स्टार पूर्वीमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा स्वर्णकुमार सम्वाहाम्फे, कोषाध्यक्षमा अंकित ढुङ्गाना चयन भएका छन् । कार्य समितिको सदस्यहरुमा निलेष विष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा विश्वकर्मा चयन भएका छन् । नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडीले शपथ ग्रहण गराएका थिए । त्यस्तै, अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाइली, लक्ष्मी कार्की र दीपन विश्वकर्मा रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, अर्का केन्द्रीय सदस्य केडीलगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका १ प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेश), केन्द्रका प्रदेश सदस्य अइन्द्रविक्रम बेघाको उपस्थिति थियोे । प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे र प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिय । प्रेस सेन्टरका प्रदेश १ सदस्यद्वय गोविन्द बस्नेत र सञ्जय याखा, माओवादी केन्द्र धरानका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिति थियो । प्रेस सेन्टरका जिल्ला सहसचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन विनोदले गरेका हुन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क