इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा श्रीमानको निर्घात कुटपिटबाट २६ वर्षिया श्रीमतीको मृत्यु

धरान | धरान-१३ मा एक महिलाको मृत्यु भएको छ, जसमा उनका श्रीमान्लाई हत्याको आरोप लागेको छ। शुक्रवार बिहान ५ बजे भएको यस घटनामा २६ वर्षीया शोभा परियारको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, ३६ वर्षीय लक्ष्मी मोतेले आफ्नी श्रीमती शोभालाई बिहीबार राति गम्भीर रूपमा कुटपिट गरेको आरोप छ। कुटपिटका कारण शोभा बेहोस भएकी र शुक्रबार बिहान उनको मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी पाएपछि प्रहरीले श्रीमान् लक्ष्मी मोते र ६० वर्षीया सासुआमा रत्नमाया मोतेलाई पक्राउ गरेको छ। दुवैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ।

मृतक शोभा परियारको शव बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ। प्रहरीका अनुसार, शोभाको शरीरमा नीलडाम र नाकबाट रगत आएको देखिएको छ, जसले कुटपिटको आशंका बढाएको छ। तर घटनाको पूर्ण विवरण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क