इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा सरकारी नम्बर प्लेटका नक्कली गाडीबाट गाँजासहित पक्राउ

धरान |धरानमा गाँजासहित पक्राउ परेका दुईवटा सरकारी नम्बर प्लेट भएको भनिएको गाडी नक्कली रहेको खुलेको छ। प्रहरीको अनुसन्धानले यी गाडीहरूको नम्बर प्लेट, च्यासिस नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको पुष्टि गरेको छ।

प्रहरीले सरकारी नम्बर प्लेट प्रयोग गरिएको स्कारपिओ गाडीबाट ६९० केजी गाँजा बरामद गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ। उनी बा १ झ ४६०५ नम्बरको गाडीका चालक रहेको खुलेको छ। अर्का गाडी चालक भने फरार छन्।

प्रहरीका अनुसार बरामद गाडीहरूमा बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बर प्लेट थिए। यी नम्बर प्लेटहरूको दर्ता यातायात कार्यालयमा नभएको पाइएको छ। थप अनुसन्धानले यी गाडी सरकारी नभई नक्कली नम्बर प्लेट प्रयोग गरेर चलाइएको पुष्टि गरेको हो।

पक्राउ परेका गाडीहरूको च्यासिस नम्बर र इञ्जिन नम्बर क्रमशः इइ१०००००९००० र २इ२८९४१५५ (बा १ झ ४६०५) तथा जेडब्लुबीएबी १४२०३११००६ र जीए १३६३०२४८ बी (बा १ झ ५१२७) रहेको प्रहरीले जानकारी दिएको छ। यी नम्बरहरू कुनै पनि सरकारी रेकर्डमा दर्ता नभएको पाइयो।

बा १ झ ५१२७ नम्बरको गाडी नियन्त्रणमा लिन प्रहरीलाई गोली चलाउनुपरेको थियो। फरार गाडी चालकको खोजीका लागि विशेष सुरक्षा समिति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।

प्रहरीले नम्बर कीर्ते, गाडी दर्ता झुटो विवरण र गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क