इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा हर्क साम्पाङले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काय

सुनसरी / धरान उपमहानगरपालिकाले आज आईतबार बिहान खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काइएको छ । धरान ५ को खार खोला र अधेरी खोलाको सङ्गम स्थल धरान उपमहानगरले बहुजातिय रङ्गशाला बनाउने निर्णय गरेको क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएको थियो । सो सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै धरान उपमहानगरपालिकाले पटक पटक नबनाउन भन्दै आग्रह गर्दै पत्राचार समेत गर्दा पनि अटेर गरी घर निर्माण सम्पन्न भएको छ । सो सार्वजनिक जग्गामा मुना चौधरी लिम्बुले एक तले पक्की घर निर्माण गरेको भन्दै आज बिहान ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर भत्काएको हो । घर भत्काउने क्रममा दोहोरो झडप समेत भएको थियो । दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् भने केही सामान्य घाइते भएका छन् । उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क