इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा २४ घण्टाका लागि निषेधाज्ञा जारी, र्‍याली प्रदर्शन नगर्न सुचना

सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको सकेको छ । निषेधाज्ञा जारी भएसँगै अब धरान प्रवेशमा कडाइ गरिने भएको छ । धरानमा प्रवेश गर्ने मुख्य नाकामा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरी सताकर्ता अपनाइने भएको छ । धरानमा शनिबार हिन्दु समर्थकले वृहत् प्रदर्शन गर्ने भएका छन् । खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दु पक्षधरहरूबीच आरोप, प्रत्यारोप , विभिन्न धार्मिक व्यक्तिहरूले भोलि शान्तिपूर्ण र्‍याली प्रदर्शन तय भएको छ । उक्त प्रदर्शनबाट साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सदभाव भडकाउने जो कोहिलाई पनि पक्राउ गरी कारबाही गर्ने बताइन्। धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क