इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरानमा ६५ वर्षिया वृद्धको गरगहना लुटी ह´त्या

सुनसरी / धरान उपमहानगरपालिका -२० को चिन्डेडाँडा नजिकै रहेको टोडकेमा गरगहना चोरी बृद्ध महिलाको ह´त्या गरिएको छ । गएरात धरान - २० चिन्डेडाँडामा ६५ बर्षिय पुर्णिमाया राईको एक्लै घरमा बस्ने गरेकोमा लुटेरा समूहले घाँटिमा लगाअको सुन र नगद लुटेर ह´त्या गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए । पछिल्लो समय चर्चामा आएको र लाहुरेको ट्रेनिङ गर्ने देखि मनिङ वाक ठाउँ त्यहाँको बस्ति पातलो छ भने सुरक्षा व्यस्थापन देखि सडक बत्तिको अभाव छ । सोहि अभावको मध्यनजर गर्दै लुटेराको समूहले स्थानिय पुर्णिामाया राइको सुन र नगद लुटेर हत्या गरिएको छ । उनले मृतक महिला घरमा एक्लै बस्ने गरेको र घाटीमा र कानमा सुनका गहना लाउने गरेका कारण लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे स्थानियले खबर गरेपछी प्रहरी बिहान घटना स्थल पुगेको हो । घटनाको स्थलगत मुचुल्का तयार गरि शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । हत्याराहरुको खोजतलास गरिरहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क