इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरान उपमहानगरमा बजेट अनुमोदन अनिश्चित: मेयर र कार्यपालिका बीच मतभेद

धरान | धरान उपमहानगरपालिकाको नगरसभा आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि हुन सकेन। कार्यपालिका सदस्यहरूले बजेटमा सहमति जनाएपछि नगरसभाका लागि सबै तयारी पूरा भए पनि मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरू बीचको मतभेदका कारण सभा स्थगित भयो।

मुख्य विवादको विषय करार कर्मचारीहरूको नियुक्ति नवीकरण रह्यो। कार्यपालिका सदस्यहरूले लोकसेवा आयोगबाट पदपूर्ति नहुँदासम्म सबै करार कर्मचारीहरूको नियुक्ति नवीकरण गर्नुपर्ने माग राखे। तर मेयर साम्पाङले कार्यकुशलता र सन्तोषजनक कार्यसम्पादन नगरेका कर्मचारीहरूलाई हटाउने निर्णयमा जोड दिए।

नगर प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज) ले भने, "निर्णय सच्याएर नगरसभा गरौँ भन्दा मेयर सम्पाङ फुत्त गाडी चढेर हिँडेका कारण नगर सभा भएन।" उनले थप बताए कि कार्यपालिकाबाट बजेट पास भइसकेको तर नगर सभाबाट अनुमोदन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

यस घटनाले गर्दा नगरसभा सदस्यहरूले विरोध प्रदर्शन गरे। बजेट अनुमोदन नहुँदा आगामी आर्थिक वर्षको विकास कार्यक्रम र सेवा प्रवाहमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। मेयर र कार्यपालिका सदस्यहरू बीच सहमति नभएसम्म नगरसभाको भविष्य अनिश्चित देखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क