इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरान उपमहानगरले पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरले हटायो

सुनसरी : धरान उपमहानगरपालिकाले इटहरी २० तरहराको पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरपालिकाले हटाएको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रहरीहरु गएर बोर्ड हटाएका हुन् । धरानले बोर्ड बिहान राखेको थियोे भने केही घण्टामै इटहरीका नगरप्रहरीहरुले बोर्ड हटाइदिएका हुन् । यस पटक पनि धरानको बोर्ड हटाएको इटहरी उपमहानगरले सेउती पुल नजिकै ‘इटहरीमा स्वागत छ’ भन्ने बोर्ड राख्ने भएको छ । यसअघि पनि इटहरीको सेउती पुल छेउको बोर्ड हटाएर धरानले पानीपियामा बोर्ड राखेको थियो भने बदलामा इटहरीको युवा संघले धरानको बोर्ड उखेलेको थियो । धरानले आफ्नो सीमा इटहरीको पानीपियालाई मान्दै आएको छ भने इटहरीले सेउती पुलसम्म सीमा मान्दै आएको छ । दुवैबिचको विवाद उपमहानगरपालिका बनेपछि सुरु भएको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले यस विषयमा दुवै नगर प्रमुख बिच वार्ता गर्न आग्रह गरेका छन् । सुरुमा सिमा बोर्ड राख्दै गर्दा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार बोलाएर प्रेम वक्तव्य नै सार्वजनिक गरेका थिए भने मेलमिलापबाटै जान सकिनै भन्दै धरानलाई पत्रचार गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क