इन्फो नेपाल — सञ्चारको सञ्जाल

धरान उपमहानगरले फेरि राख्यो पानीपियामा सिमा प्रारम्भको बोर्ड

सुनसरी : धरान उपमहानगरपालिकाले तरहराको पानीपियामा फेरि सिमा प्रारम्भको बोर्ड राखेको छ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङको निर्देशन अनुसार नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएर राखेको हो । दुई उपमहानगरको विवाद कायम रहेकै बेला कुनै छलफल तथा सवांद नराखी धरानले बोर्ड राखेको हो । केही महिना अघि धरानले यहि ठाउँमा बोर्ड राख्दा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ इटहरीले बोर्ड उखालेर लगिएको थियो । प्रहरीको उक्त बोर्डले पनि धरान र इटहरी उपमहानगरको सिमा भएको भन्ने भ्रम सृर्जना गरेको भन्दै मेयर साम्पाङले हटाउन निर्देशन दिएका थिए । सुरुमा सिमा बोर्ड राख्दै गर्दा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार बोलाएर प्रेम वक्तव्य नै सार्वजनिक गरेका थिए भने मेलमिलापबाटै जान सकिनै भन्दै धरानलाई पत्रचार गरेका थिए । इटहरी र धरान प्रहरीले आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारी र पारी राखेको थियो । यद्यपि सिमा भने सेउती खोलालाई नै मानिदै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क