इन्फो नेपाल — सञ्चारको सञ्जाल

धुर्मुस छटपटाएको भिडियो राख्दै सुन्तलीले लेख्छिन ' आखिर दोष के चैँ भएछ हामीबाट!'

काठमाडौँ : नेपाली क्रिकेटको राष्ट्रिय टोली वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि चयन भएपछि क्रिकेट रङ्गशाला चर्चामा बन्नुपर्ने मागहरु उठ्न थालेको छ । त्रिविको रङ्गशालाको क्षमता बढाउनेसँगै चितवन अनि काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला पनि चर्चामा आएको हो । चितवनको रङ्गशालाको प्रसङ्ग आए लगत्तै त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग जोडिहालिन्छ। चितवन रङ्गशाला निर्माणको क्रममा उठाएको कोष अनि सामान खरिदमा अपारदर्शी कारोबार भएको भनेर आलोचित यी जोडीले १८ करोड ४१ लाख बढी ऋण लागेको भनेर २०७८ साउन २२ बाट रङ्गशाला बनाउने कामै छाडेर हिँडेका थिए। त्यसपछि प्रदेश सरकार अनि भरतपुर महानगरपालिका मिलेर रङ्गशाला बनाउने काम सुरु गर्न खोजे पनि एक फाउन्डेसनले लहडका भरमा सुरु गरेर बोकाएको ऋण कसरी सरकारबाट तिराउने भन्ने प्रस्ट नहुँदा निर्माण सुरु हुन सकेको छैन। किनकी सरकारी कोषमा निर्माणको काम अगाडि बढाउने हो भने खुल्ला प्रतिस्पर्धाबाट निर्माण कम्पनीको छनौट नगरी सरकारी कोषबाट सार्वजनिक निर्माण सम्भव छैन । चितवन रङ्गशालाबारे पुन चर्चा र आलोचना सुरु भएपछि कुञ्जनाले शुक्रवार प्लास्टिकको कुर्सीमा असजिलो गरी बसेका धुर्मुसको बेचैन भिडियो क्लिप टिकटकमा राख्दै लेखिन्' अब आफैले सत्य तथ्य अगाडि ल्याउनै पर्ने देखियो।' उनले पटक पटक सत्य सार्वजनिक गर्ने दाबी गरे पनि त्यो सत्य के हो अझै सार्वजनिक भने हुन सकेको छैन। सुन्तलीले टिकटकमा यस्तो लेखिन् : यो अनुहार निर्दोष छ, न्यायको आसमा सिंहदरबार धाएको करिब डेढ वर्ष भइसक्यो। खालि यताबाट हुन्छ,उताबाट हुन्छ, त्यसरी हुँदैन यसरी हुन्छ, यसलाई भेट्नुस् त्यसलाई भेट्नुस् के के हो के के...। फोनबाट हुन्छ कि या भेटेर हुन्छ कसलाई जिउ जिउ गर्न भ्याएन होला र? आखिर दोष के चैं भएछ के हामीबाट? जनतामा परेको भ्रम सरकारले हटाउला की भनेर कुरेको अहँ भएन। अब आफैले सत्य तथ्य अगाडि ल्याउनै पर्ने देखियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क