इन्फो नेपाल — सञ्चारको सञ्जाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुले परीक्षणका लागि उजुरी दिएको अडियो मिल्यो

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा.आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । अडियो परीक्षणका क्रममा शर्माको स्वर मिलेको नेपाल प्रहरीले जनाएको हो । उक्त अडियो बाहिर आएपछि डा.राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिनुभएको थियो । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभएको छ । शर्माले राणालाई पैसा बुझाएको भनेका थिए । प्रहरी नायब महानिरीक्षक कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी दिँदै ‘स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी उल्लेख भएको स्वर सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको बताउनुभयो । कहाँ र कसबाट ‘ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा ‘टिकटक’ सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको कडायतको भनाई छ । सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज शर्मासँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क