इन्फो नेपाल — सञ्चारको सञ्जाल

नगर कार्यपालिका बैठकमा बालेनले टेबुल ठोके

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह आइतबार भएको नगरसभा अघि कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुसँग रिसाएका छन् । कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत हुने विषयका बारेमा वडाध्यक्षहरुले प्रश्न गरेपछि विवाद भएको थियो । त्यही क्रममा उनले टेबुल ठोक्दै रिस देखाएका हुन् । कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रमबारे जानकारी नै नदिइ छलफल सुरु गरेपछि वडाध्यक्षहरुले प्रश्न गरेका थिए । तर बालेनले ‘अहिले फ्ल्यास गर्न मिल्दैन’ भनेपछि वडाध्यक्षहरुले आपत्ति जनाएका एक कार्यपालिका सदस्यले बताए । ‘नीति तथा कार्यक्रमको कपी नदिने भनेपछि वडाध्यक्षहरुले चर्को विरोध गरेका थिए । एकछिन होहल्ला भएपछि मेयरसाबले टेबल ठोक्नुभयो’, ती कार्यपालिका सदस्यले अनलाइनखबरसँग भने । वडाध्यक्षहरुको विरोधपछि आक्रोशित बनेका बालेनले टेबल ठोक्दै ‘ल अब म नीति कार्यक्रम प्रिन्ट गरेर ल्याएर दिन्छु, प्रिन्ट नआएसम्म कार्यपालिका चलाउँदिन । तपाईँहरुले त्यही चाहिएको होइन ?’ भनेका थिए । यति भनेर ५ मिनेटसम्म कसैसँग कुरा नगरेको ती कार्यपालिका सदस्यले बताए । वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले शान्त रहेर कार्यपालिका सञ्चालन गर्न मेयर बालेनलाई आग्रह गरेका थिए । अरु वडाध्यक्षहरुले पनि ‘नीति तथा कार्यक्रमहरु प्रिन्ट गरेर आउँदै गर्छ त्यतिबेलासम्म कार्यपालिका वैठक चलाएर छलफल सुरु गरौं’ भन्दा बालेन मानेका थिएनन् । ‘उहाँले ५ मिनेट जति नीति कार्यक्रम हातहातमा दिएपछि मात्रै कार्यपालिका चलाउँछु भनेर घुर्की लगाउनु भयो । वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले छलफल गरौं रिसाउन हुन्न भन्दा मान्नुभएन । त्यसपछि केही वडाध्यक्षले ‘रिसाएर कहिँ पुगिँदैन, हामीलाई पनि रिसाउन आउँछ नि, तपाईँलाई फकाएर बस्नुपर्ने ?’ भनेपछि छलफल सुरु भएको थियो’ बैठकमा सहभागी एक वडाध्यक्षले सुनाए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क