इन्फो नेपाल — सञ्चारको सञ्जाल

नजानेर गल्ती भएको भन्दै गिभिनाले मागिन् माफी

काठमाडौं: नजानेर गल्ती भएको भन्दै गिभिनाले मागिन् माफी मागेकी छिन् । बिपी कोइराला क्यान्सर अस्पतालमा ड्युटीमा रहेका नर्सहरूसँगको विवादको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादित बनेकी उनले नजानेर गल्ती गर्दा नर्सहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै सार्वजनिक रूपमा माफी मागेकी हुन्। उनले आफ्नो उद्देश्य नर्स पेसा गरिरहेकाहरूमा चोट पुर्‍याउने नरहेको र औषधि समयमा नदिइँदा भएको विवादलाई सामाजिक सञ्जालमा राख्नु भूल भएको बताएकी छिन्। सामाजिक सञ्जलमा नर्स र स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिनसमेत उनले आफ्ना समर्थकलाई अनुरोध गरेकी छिन्। गिभिना मगरले गत वैशाख २८ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनको अनुमति नलिई नर्स र बिरामीको कुरुवाबीचको संवादको विषय टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्। अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएको भन्दै विवाद भएपछि उनले वार्डमा रहेका नर्सहरूसँगको भिडियो खिचेर टिकटकमा पोस्ट गरेकी थिइन्। २४ घन्टामा दिने इन्जेक्सन दिउँसो २ बजे लगाउनुपर्नेमा नर्सले ढिला गरेको भन्दै गिभिनासँग विवाद सुरु भएको थियो। गिभिनाले ती बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन्। ती बालिका पछिल्लो एक वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्। बुबाको सानै उमेरमा मृत्यु भएको र आमाले अर्को विवाह गरिसकेकाले उनले उपचारका लागि आर्थिक समस्या खेप्दै आएको र अस्पतालमा कार्यरत नर्सहरूले समेत सहयोग गरिरहेका छन्। उपचार खर्च व्यहोर्न नसकेको भन्दै परिवारका सदस्यहरूले उनलाई अस्पतालबाट घर लगेपछि गिभिनाले आर्थिक सहयोग जुटाएर पुनः अस्पताल भर्ना गरेकी थिइन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क