इन्फो नेपाल — सञ्चारको सञ्जाल

नयाँ बानेश्वरमा बालेन साहविरुद्ध नाराबाजी

काठमाडौं: आज नयाँ बानेश्वरमा बालेन साहविरुद्ध नाराबाजी भएको छ । नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीलाई नगरप्रहरीले हटाउन थालेपछि व्यवसायीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । बुधबार साँझ नगरप्रहरीले सडक छेउका व्यवसायीका सामान उठाउन थालेपछि उनीहरूले मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन् । बानेश्वरस्थित छक्कुबक्कु पार्कनजिकै सडक छेउमा व्यापारी जम्मा भएर केहीबेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारी आक्रोशित बनेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क