काठमाडौं- नवनियुक्त मन्त्रीहरूले बुधबार अपराह्न ५ बजे शपथ लिने भएका छन्। गत सोमबार तीन जना मन्त्रीले मात्र शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँट मिलाएसँगै बाँकी मन्त्रीहरूको पनि शपथ हुने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज अपराह्न ५ बजे हुने जानकारी दिए। यसअघि सोमबार साँझ ३ जना मन्त्रीले शपथ लिएका थिए।
निवास शीतल निवासमा हुने शपथ समारोहमा नवनियुक्त मन्त्रीहरू सहभागी हुनेछन्। सत्तारुढ गठबन्धन दलहरूबीच मन्त्रीपरिषद विस्तार गर्ने र मन्त्रालयहरूको बाँडफाँड गरिसकेको छ।
यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद पूर्णता पाउनेछ। अब सबै मन्त्रीहरूले शपथग्रहण गरेपछि नवगठित मन्त्रिपरिषदको पहिलो बैठक आह्वान गरिनेछ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…