इन्फो नेपाल — सञ्चारको सञ्जाल

'नयाँ समीकरणको पछाडि रहस्य छ'

काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले र नेपाली कांग्रेसबीच बन्न लागेको नयाँ गठबन्धनलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। शुक्रबार सिंहदरबारमा सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेताहरूसँगको बैठकमा उनले यो नयाँ समीकरण रहस्यमय र आश्चर्यजनक भएको बताए।

प्रचण्डले यो नयाँ गठबन्धन पछाडि गहिरो रहस्य लुकेको आशंका व्यक्त गरे।  प्रधानमन्त्री प्रचण्डको भनाइ उद्रद्धृत गर्दै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, "यो परिवर्तन संसदीय प्रणालीमा सामान्य होइन। यसको पछाडि ०६२-०६३ को जनआन्दोलनका उपलब्धिहरूलाई कमजोर पार्ने उद्देश्य हुन सक्छ।"

प्रधानमन्त्रीले संविधान संशोधनको मुद्दालाई पनि उठाए। उनले यो संशोधन अग्रगामी वा पश्चगामी कुन दिशातर्फ जाने हो, त्यसको निर्क्योल गर्नुपर्ने बताए। प्रचण्डले थपे, "हामी पश्चगमनविरुद्ध दृढतापूर्वक बोल्ने मात्र होइन, आवश्यक परे सडकमा पनि उत्रन्छौं।"

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने योजना रहेको जानकारी दिए। एकीकृत समाजवादीका नेता झलनाथ खनालले यस सन्दर्भमा भने, "हामी प्रचण्डको नेतृत्वको सरकारमा सहभागी छौं र उहाँलाई विश्वासको मत दिन्छौं। उहाँको सरकार ढले हामी पनि सँगै ढल्छौं।"

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क