इन्फो नेपाल — सञ्चारको सञ्जाल

नवजात शिशु विक्री आरोपमा डाक्टर कारागार चलान

विराटनगर । नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । राई विक्री भएको नवजात शिशुको बुबा र राजवंशी डाक्टर कर्णबाट बच्चा खरिद गरेका व्यक्ति हुन् । नवजात शिशु बेपत्ता पारेको आरोपमा ६ जना विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो । तीन जना धरौटीमा छुटेका छन् । मोरङ कटहरी गाउँपालिका – २ आदर्श टोलकी ३३ वर्षीय सुधा भन्ने सुक्री राजवंशी २ लाख धरौटीमा छुटेकी छन् । सिरहाको कल्याणपुर नगरपालिका – १२ की ३८ वर्षीय नर्स निर्मला यादव १ लाख र सूर्यनारायणकी आमा ४७ वर्षीय दिलमनीदेवी राजवंशी १० हजार धरौटीमा छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार ६ जना प्रतिवादी विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । प्रहरीले बच्चा बिक्री प्रकरणमा अस्पतालका अध्यक्ष कृष्ण खवासलाई मतियारमा मुद्दा चलाउने राय दिएको थियो । तर सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । भोजपुरका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीय प्रेमिकाको सम्बन्धबाट १४ असारमा ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन् । शिशुलाई बुबाले लैजान नचाहेपछि डाक्टर कर्णाले सुक्री मार्फत ग्राहक खोजेर बिक्री गरेका थिए । बुबाले स्वीकार गर्न नमानेपछि ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए । बच्चा खरिद गर्ने राजवंशीसँग पाँच लाख रुपैयाँ लिएका डाक्टर कर्णले बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए । युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन् । बच्चाकी आमाले ३२ साउनमा मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । अनुसन्धानबाट डा. तपेश्वरले निसन्तान दम्पतीलाई ५ लाख रूपैयाँ शिशु बिक्री गरेको पत्ता लागेको थियो । गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी–२ आदर्श टोलबाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क