इन्फो नेपाल — सञ्चारको सञ्जाल

नागरिकता लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुर | धनुषामा नागरिकता बनाउन गएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन्।

१७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा चौधरीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार किशोरी नागरिकताको सिफारिस लिन वडा कार्यालय गएकी थिइन्। त्यस क्रममा वडाध्यक्षले उनीमाथि दुर्व्यवहार गरेको आरोप छ।

किशोरीका अनुसार मंगलबार उनी आमासँग वडा कार्यालय गएकी थिइन्। बसाइँसराइ प्रमाणपत्र अपुग भएको भन्दै त्यस दिन फिर्ता पठाइएपछि बिहीबार फेरि कार्यालय गएकी थिइन्।

किशोरीको भनाइमा वडाध्यक्षले उनलाई कागजात बुझाउन आफ्नो घर बोलाए। त्यहाँ गेट लगाएर उनले जबरजस्ती दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप किशोरीले लगाएकी छन्। "सिफारिस नगर्दासम्म नागरिकता बन्दैन भन्दै शरीरका गोप्य अंगमा हात लगाउनुभयो," उनले भनिन्।

त्यहाँबाट भागेर आमालाई खबर गरेपछि दाजुहरूको सहयोगमा उनलाई प्रहरीकोमा बुझाइएको हो।

डिएसपी सिंहका अनुसार चौधरीविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपिएको छ। "मुद्दा दर्ता भइसकेको छ, अनुसन्धान अघि बढिरहेको छ," उनले बीबीसीसँग भने।

किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिएको र थप प्रमाण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनाबारे वडाध्यक्ष चौधरीको कुनै आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन।

किशोरीका परिवारले भने दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। "नागरिकता बनाउने नाममा यस्तो व्यवहार सह्य छैन," किशोरीकी आमाले भनिन्।

कानुनविद्हरूका अनुसार बाल यौन दुर्व्यवहारमा संलग्न पाइएमा कारागार सजाय र जरिवाना दुवैको व्यवस्था छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क