इन्फो नेपाल — सञ्चारको सञ्जाल

नामभन्दा बद्नाम कमाएका व्यक्ति हुन् प्रेम आले

काठमाडौं – राजनीतिमा नामभन्दा बद्नाम कमाएका व्यक्ति हुन् प्रेम आले। नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी तत्कालीन गाउँपालिकाको अध्यक्षमा टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए। काठ तस्करीको मुद्धासमेत खेपेका आले यति बेला भने चर्चामा छन्।रानजीतिमा खासै चर्चामा नआएका पात्र आले बनमन्त्री हुँदा अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँस्ने र रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर भाषण गरेर चर्चामा आएका थिए।बनमन्त्रीका रुपमा पनि कार्यक्षमता अभाव देखिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ६ महिनामै मन्त्रीबाट हटाएका थिए। ओलीले मन्त्रीबाट हटाएको रिसमा उनी एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे र मन्त्री बने। मन्त्री बनेको तीन महिनासम्म पनि गुमनाम थिए आले। तर नारायणहिटी संग्रहालयमा बतास समूहले निर्माण गरिरहेको क्यान्टिनको विषयले उनलाई फेरि चर्चामा ल्याइदिएको छ। अघिल्लो सरकारकै पालालमा टेण्डर प्रक्रियाबाट क्यान्टिन निर्माणको अनुमति पाएको बतास समूहले नारायणहिटीभित्र अस्थायी संरचना बनाइरहेको थियो।सरकारकै प्रत्यक्ष निगरानीमा क्यान्टिन सञ्चालनको काम अगाडि बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेको ठाडो निर्देशनमा क्यान्टिन सञ्चालनका लागि निर्माणाधीन अस्थायी संरचना हटाइयो। मन्त्री बनेको तीन महिनासम्म वेवास्ता गरेका आलेले चर्चामा आउनकै लागि संग्रहालयभित्रको क्यान्टिन भत्काउने काम गरेको मन्त्रालयकै केहि अधिकारी बताउँछन्। सरकारले व्यवसाय सञ्चालनका लागि दिएको अनुमति लत्याउँदै मन्त्री आलेले गैरकानुनी रुपमा संरचना भत्काउने र त्यसलाई मिडियावाजी गर्दै चर्चामा आउने जुक्ति निकाले । त्यसमा पनि केहिहदसम्म सफल पनि भए। निजी क्षेत्रको उछितो काटेर आफूलाई सफल देखाउने मन्त्री आलेको स्टन्ट त्यतिमै रोकिएन। उनको नजर तिलगंगामा रहेको धर्मशालातर्फ सोझियो।सरकार र बतास समूहबीचको सहमतिमा सञ्चालित धर्मशालालाई उनले चर्चामा आउने अर्को माध्यम बनाए। नीतिगत कामभन्दा पनि उपद्रो मच्चाएर चर्चामा आउने मन्त्री आलेको खास असलियत भने लुम्बिनी प्रकरणले उदांगो पारिदिएको छ। काठमाडौंमा मिडिया स्टन्ट गरेर चर्चामा आएका आलेको पोल तब खुल्यो, जब उनले मन्त्रीको ठाडो आदेशमा लुम्बिनी परिसरभित्र रिसोर्ट खोल्न एक व्यवसायीलाई अनुमति दिएको समाचार सार्वजनिक भए । कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ। आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोर्टको अनुमति दिन मन्त्री आलेको ठाडो आदेशमा कोषले अपारदर्शी प्रक्रिया थालेको हो ।पर्यटनमन्त्री आले अध्यक्ष रहेको कोषले व्यवसायी सुरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीसँग सिधै प्रस्ताव मागिसकेको छ । सरकारले टेण्डर आह्वान गरेर सम्पूर्ण प्रक्रिया पुरा गरेर बतास समूहले नारायणहिटीभित्र सरकारी प्रस्ताव अनुसार नै क्याफ्टेरिया सञ्चालन गर्दा गुण्डागर्दी शैलीमा भत्काउने आदेश दिएका थिए मन्त्री आलेले । तर उनै मन्त्री आलेले लुम्बिनीजस्तो बौद्धमार्गीको आस्थाको केन्द्रमा एक व्यवसायीलाई कुनै प्रक्रिया नै पुरा नगरी रिसोर्ट खोल्न ठाडो आदेश दिएका हुन् । ‘सम्सारा वेलनेस रिसोर्ट’ का तर्फबाट सभाना वैद्य बस्न्यातले राखेको प्रस्तावका आधारमा आलेको अध्यक्षतामा गत मंसिर ११ मा बसेको कोषको बैठकले सम्सारासँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको हो । कोषका एक सदस्यका अनुसार बैठकमा मन्त्री आले आफैंले एजेन्डा ल्याएर निर्णयसमेत सुनाएका थिए ।उनका अनुसार त्यति बेला अनौपचारिक बैठक भनेर सीमित पदाधिकारीलाई मात्र बोलाइएको थियो । उपस्थित नभएकालाई पछि बोलाई सही गराएर बैठकलाई औपचारिक बनाइएको हो । सभाना उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यकी छोरी हुन् । लुम्बिनीमा खाली रहेको एकमात्र क्षेत्र पनि बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई जिम्मा लगाउने तयारी भएपछि कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले असन्तुष्टि जनाएका थिए।उनीसँग मन्त्री आलेको विवाद बढेको थियो कात्तिक १४ मा भैरहवामा राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा आफ्नो सम्मान नगरेको भन्दै मन्त्री आलेले उपाध्यक्ष त्रिपाठी र सदस्यसचिव शाक्यको राजीनामा सार्वजनिक रूपमै मागेका थिए।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क