इन्फो नेपाल — सञ्चारको सञ्जाल

नारायणहिटी दरबार ह'त्याकाण्डको २१ वर्ष पूरा

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको वंश विनाश अर्थात नारायणहिटी दरबार ह'त्याकाण्डको २१ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्रको सवपरीवारको ह'त्या २१ वर्ष पहिले आजकै दिन भएको थियो । २०५८ जेठ १९ गते शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेला उक्त घटना भएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको ह'त्या भएको थियो । घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुति, राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रमको पनि ह'त्या भएको थियो । उक्त ह'त्याकाण्डपछि घटनबारे छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो । सो समितिले युवराज दीपेन्द्रबाटै घटना भएको प्रतिवेदन सार्वजनिक गरेकाे थियो । उक्त प्रतिवेदन तत्कालीन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेका थिए । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दीपेन्द्रले नै सम्पूर्ण परिवारको गोली हानी ह'त्या गरेको र अन्तिममा आफूले आ'त्मह'त्या गरेको उल्लेख गरिएको छ । तर उक्त प्रतिवेदका बाबजुद आम नेपाली नागरिकमा भने उक्त ह'त्याकाण्डको तथ्यमा शंकाको जालो अझै बाँकी छ । उच्च सुरक्षा घेराभित्र रहेको नारायणहिटी राजदरबारका उक्त घटना कसरी सम्भव भयो भन्ने विषय आम नागरिक माझ अझै रहस्यकै विषय बनेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क