नवलपरासी । नारायणी नदीमा डुबेर एक दम्पतीको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर - २ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले जानकारी दिए ।
नारायणी पारी निगुरो टिप्न जान लागेको समयमा डुंगा डुबेर बेपत्ता भएका बोटे दम्पती मृत अवस्थामा फेला परेका हुन् ।
मृतक दुवैको शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको छ । आईतबार साँझ आएको ठूलो हावाहुरीको समयमा नदी पार गर्दा डुंगा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…